सोमबार, असार २९, २०८३

एएफसी ‘ए’ कोचिङको रिजल्ट सार्वजनिक, ४ प्रशिक्षक पास

काटमाडौं– एसियाली फुटबल महासंघ (एएफसी)ले आयोजना गेरेको एएफसी ‘ए’ डिभिजन कोचिङ लाइसेन्स परीक्षाको नजिता सार्वजनिक भएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काटमाडौं– एसियाली फुटबल महासंघ (एएफसी)ले आयोजना गेरेको एएफसी ‘ए’ डिभिजन कोचिङ लाइसेन्स परीक्षाको नजिता सार्वजनिक भएको छ।

काठमाडौंमा २०१९ डिसेम्बर १ बाट २०२० मार्च ८ सम्म सञ्चालन भएको परीक्षामा ४ जना प्रशिक्षक पास भएका छन्। बाँकी २ जना प्रो–पास भएका छन्।

पास हुनेमा अञ्जनराज थापा, चेतन घिमिरे, सल्यान खड्गी र युगल किशोर राई छन्। त्यस्तै प्रो–पास हुनेमा चुनबहादुर थापा र बसन्त गौचन रहेका छन्। प्रो–पास हुनेले पुनः लिखित परीक्षा दिन पाउँछन्। लिखित परीक्षामा पास नभएकालाई प्रो–पास दिने चलन छ।

पास हुने थापा र घिमिरे नेपाल पुलिस क्लबका प्रशिक्षक हुन्। त्यस्तै खड्की संकटाका पूर्व प्रशिक्षक हुन् भने राई बाँसबारी क्लबका प्रशिक्षक हुन्।

ए डिभिजन क्लबका खेलाडीलाई प्रशिक्षण गराउनका लागि एएफसीले लिने ‘ए’ डिभिजन कोचिङ लाइसेन्स परीक्षा पास गर्नुपर्ने हुन्छ।

कोर्सलाई दुई भागमा बाँडेर परीक्षा सञ्चालन गरिएको थियो। एएफसीका भारतीय प्रशिक्षक साभियो पिडाडी माडिराले देशभर २३ जना प्रशिक्षकलाई प्रशिक्षणमा गराएका थिए।

प्रकाशित: Jun 18, 2020| 16:09 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।