सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिद्धबाबामा जिप दुर्घटना, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

सिद्धबाबामा जिप दुर्घटना, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो

को सिद्धबाबामा जिप दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

भैरहवा– पाल्पाको सिद्धबाबामा जिप दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् भने एक जनाको अवस्था सामान्य छ।

सोमबार अपराह्न पाल्पाबाट बुटवल आउँदै गरेको प्रदेश–३ ००१ च ४५२२ नम्बरको जिप सिद्धबाबाको भीरबाट तिनाउ नदीमा खसेको हो।

ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार घाइते ६ जनाको उद्धार गरी प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो।

दुर्घटनामा परी नन्दलाल बस्याल, दया पाण्डेय, बिनोद बस्याल,बालकृष्ण बस्याल र शिव पाण्डेय गम्भीर घाइते भएका छन्। कृष्ण बस्यालको अवस्था भने सामान्य छ। उनीहरू सबै व्यवसायी हुन्।

गम्भीर घाइते पाँच जनालाई थप उपचारको लागि सेनाको हेलिकप्टरमार्फत् काठमाडौं पठाइएको छ।

प्रकाशित: Jun 16, 2020| 20:52 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।