सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मातृ प्रजनन् स्वास्थ्य सम्बन्धी रिटमा सरकारसँग लिखित कारण माग

मातृ प्रजनन् स्वास्थ्य सम्बन्धी रिटमा सरकारसँग लिखित कारण माग

प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको एक रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं- प्रत्येक स्थानीय तहलाई मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रयोजनका लागि अनुदान रकमको मागसहित दायर भएको एक रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित कारण माग गरेको छ।

सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले लिखित कारण माग गर्दै विषय वस्तुको प्रकृतिबाट चाँडो किनारा लगाउन आवस्यक देखिएको भन्दै रिटलाई अग्राधिकारसमेत दिएको छ। अग्राधिकार दिएको रिटलाई मुद्दा सुनुवाईका क्रममा प्राथमिकताक्रममा राखिन्छ।

महिला कानुन तथा विकास मञ्चको तर्फबाट अधिवक्ताहरु सविन श्रेष्ठ, नविन कुमार श्रेष्ठ, पूर्णा श्रेष्ठ, सोनाली रेग्मी, रोशना श्रेष्ठ र दीपेश श्रेष्ठले संयुक्त रुपमा रिट दायर गरेका थिए।

संविधानद्वारा सुनिश्चित मौलिक हक तथा नेपालद्वारा अनुमोदित अन्तर्राष्ट्रिय महासन्धी तथा प्रतिज्ञा पत्रद्वारा सुनिश्चित गरिएको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्यको हकलाई कार्यान्वयन गर्न संसदबाट सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ पारित भए पनि कार्यन्वयनको लागि अझै नियमावली बनेको छैन।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावली निर्माण गर्न, ऐन बमोजिम प्रजनन स्वास्थ्य समन्वय समिति तत्काल गठन गर्न, किशोरी तथा अपाङ्गमैत्री सेवा सम्बन्धी निर्देशिका बनाउन रिटमा परमादेशको मागसमेत गरिएको छ।

प्रकाशित: Jun 16, 2020| 19:18 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।