सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न मोरङ कांग्रेसको माग

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न मोरङ कांग्रेसको माग

नेपाली कांग्रेस मोरङले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गरेको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

विराटनगर- नेपाली कांग्रेस मोरङले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न माग गरेको छ।

क्वारेन्टिन व्यवस्थित गर्नुपर्ने, जिल्लामा कोरोना उपचारका लागि अस्पतालको व्यवस्था गर्नुपर्ने, लामो समयको लकडाउनबाट पीडित भएका जनतालाई राहतको व्यवस्था गर्नुपर्ने लगायतका माग राखी मंगलबार कांग्रेसले मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले सरकारले सडक, अस्पताल, प्राविधिक शिक्षालयलगायत हरेक क्षेत्रलाई कम्युनिष्ट नेताहरूको नाममा नामाकरण गरेर राजनीति गरिरहेको आरोप लगाए।

लिम्बुले मोरङको मंगलबारे अस्पतालको नाम परिवर्तन गर्न खोजे मुडभेडको अवस्था आउने चेतावनी पनि दिए।

पार्टी सचिव मोदराज घिमिरेले सरकारले जनजीविकाको विषयलाई ध्यान नदिएको गुनासो गरे।

घिमिरेले क्वारेन्टिन व्यवस्थित गर्नुपर्ने, कोरोना उपचार र रोकथाममा भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका २२ बुदे माग राखेको जानकारी दिए।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले मोरङ कांग्रेसले बुझाएको ज्ञापनपत्र सम्बन्धित निकायमा पुर्याइदिने बताए।

ज्ञापनपत्र बुझाउनुअघि कांग्रेस कार्याकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै र्‍यालीसमेत निकालेका थिए।

प्रकाशित: Jun 16, 2020| 18:18 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।