सोमबार, भदौ ८, २०८३

भारत जान लागेकी सांसद सरिता गिरीलाई प्रहरीले रोक्यो

सिरहाको ठाडी नाका भएर भारततर्फ जान लागेकी सांसद सरिता गिरीलाई प्रहरीले रोकेको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं- सिरहाको ठाडी नाका भएर भारततर्फ जान लागेकी सांसद सरिता गिरीलाई प्रहरीले रोकेको छ।

जनता समाजवादी पार्टीकी सांसद गिरीलाई प्रहरीले फर्काइदिएको हो।

सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर चतुर्वेदीले ठाडी नाका भएर नेपालीलाई भारत जान बन्द गर्ने सरकारी निर्णयअनुसार गिरीलाई फर्काइएको जानकारी दिए।

‘भारत नै नजानु भनेका होइनौँ तर ठाडी नाका भएर नेपालीलाई भारत जाने अनुमति सरकारले नदिएकाले रोकेका हौँ’ चर्तुर्वेदीले भने, ‘त्यसपछि उहाँ फर्किनु भयो।’

ठाडी नाका भएर नेपालीले यता आउन र भारतीयले उता जान मात्र पाउछन्। गिरी नेपाली नागरिक भएकाले रोकेको प्रहरीले जनाएको छ।

भारत सरकारले बिहार प्रवेशका लागि जोगबनी वा रक्सौल नाका खुला गरेको छ। तर उनी अनुमति नभएको नाकाबाट भारत जान खोजेपछि प्रहरीले रोकेको हो।

प्रकाशित: Jun 16, 2020| 17:54 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।