सोमबार, भदौ ८, २०८३

प्रदेश २ मा १८५ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा मंगलबार एकै दिन ७ महिलासहित १८५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । १८५ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३७७ पुगेको छ ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

प्रदेश २ मा मंगलबार एकै दिन ७ महिलासहित १८५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । १८५ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या २ हजार ३७७ पुगेको छ ।

मंगलबार सबैभन्दा बढी महोत्तरीमा ८९ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । महोत्तरीको मटिहानी, लोहारपट्टी र औरही नगरपालिकास्थित क्वारेन्टिनमा रहेका ८९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए । महोत्तरीमा संक्रमितको संख्या ३०७ पुगेको छ ।

यसैगरी रौतहटमा ५२ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लाको यमुनामाई र बौधीमाई नगरपालिकाका क्वारेन्टिनमा रहेकाहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा कोरोना संक्रमितको संख्या ८९४ पुगेको छ ।

धनुषाको २१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसका साथै धनुषामा कोरोना संक्रमितको संख्या १८५ पुगेको छ ।

यसैगरी सर्लाहीको १६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । १६ जना थपिएसँगै सर्लाहीमा कोरोना संक्रमितको संख्या ५२७ पुगेको छ ।

मंगलबार सप्तरीमा ३, सिरहामा २ र पर्सामा २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएका धनुषा, सप्तरी, सिरहा र पर्साको स्थानबारे मन्त्रालयले स्पष्ट पारेको छैन् ।

पछिल्लो २४ घण्टामा बारामा संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । बारामा संक्रमितको संख्या ९६ रहेको जनाइएको छ ।

प्रकाशित: Jun 16, 2020| 17:09 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।