काठमाडौं- मंगलबार मात्रै देशभर कोरोना भाइरसका ३८० जना संक्रमित थपिएका छन्। जसमध्ये सबैभन्दा धेरै महोत्तरीका ८९ जना छन्।
त्यस्तै दाङका ५६ जना, रौतहटका ५२ जना, कैलालीका २३, धुनुषा र बैतडीका २१-२१ जना तथा डोटीका २० जना छन्।
यसैगरी, झापाका १ जना, पाँचथरका १ जना, सुनसरीका २ जना, सिराहाका २ जना, पर्साका २ जना तथा गोरखाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यसैगरी नवलपरासी पूर्वका ३ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, कास्कीका ३ जना, स्याङजाका ४ जना तथा अछामका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कञ्चनपुरका ११ जना, बाँकेका १ जना, बर्दियाका ९ जना संक्रमित भेटिएका छन्।
त्यस्तै सप्तरीका ३ जना, अर्घाखाँचीका ९ जना, दैलेखका ५ जना, सुर्खेतका ४ जना, रामेछापका १ जना छन्।
सल्यानका १ जना, काठमाडौंका १ जना, मोरङका १ जना, रोल्पाका १ जना, रुपन्देहीका ४ जना सर्लाहीको १६ जनामा मंगलबार कोरोना पुष्टि भएको छ।
हालसम्म ७३ जिल्लाहरु संक्रमितहरु भेटिएका छन्।