सोमबार, भदौ ८, २०८३

बालविवाह गर्ने दुलाहासहित तीन पक्राउ

१५ वर्षीया बालिकासँग विवाह गर्ने दुलाहासहित तीन जनालाई ओखलढुंगा प्रहरीले पक्राउ गरेको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं- १५ वर्षीया बालिकासँग विवाह गर्ने दुलाहासहित तीन जनालाई ओखलढुंगा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुलाहा, उनका बुबा तथा बालिकाको बुबा छन्।

मोलुङ गाउँपालिकामा परिवारको सहमतिमा २१ वर्षीय युवकसँग १५ वर्षीया बालिकाको विवाह गराएको उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले गाउँपालिकास्थित न्यायिक समितिको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान थालिएको जानकारी दिए।

न्यायिक समितिले पटक–पटक सम्झाउँदा पनि दुवै परिवारको सल्लाहमा बालविवाह गरेपछि समितिले प्रहरीमा जाहेरी दिएको बस्नेतले बताए।

शेर्पा परिवारका उनीहरुबीच यसअघि केटा र केटीले भागी विवाह गरेको र २५ गते परिवारले सामाजिक परम्पराअनुसार विवाह गराएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका उनीहरुलाई बालविवाहअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको जनाएको छ।

प्रकाशित: Jun 16, 2020| 16:08 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।