सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सत्तारुढ सांसद बिडारीको प्रश्न– बजेट संशोधन नहुने भए संसदमा छलफलको नाटक किन ?

सत्तारुढ सांसद बिडारीको प्रश्न– बजेट संशोधन नहुने भए संसदमा छलफलको नाटक किन ?

राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले बजेट संशोधन नगर्ने हो भने किन छलफल गरेको भनेर प्रश्न गरेका छन् ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले बजेट संशोधन नगर्ने हो भने किन छलफल गरेको भनेर प्रश्न गरेका छन् ।

विनियोजन विधेयक २०७७ मा मन्त्रालयगत शीर्षकहरुमाथि छलफलमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद बिडारीले भने, ‘सरकारले सांसदहरुले दिएको सुझाव अनुसारको बजेटमा एक रुपैयाँ पनि तलमाथि नहुने हो भने यत्रा दिनको तलब भत्ता ग्वाम ग्वाम खाएर छलफलको नाटक किन गरेको ? बजेट सरकारले जे ल्यायो त्यही नै हुने ? एक रुपैयाँ तलमाथि हुदैन ? यस्तो पनि कहिँ हुन्छ ? यो छलफल नाटक किन गरेको ?’

विपक्षी दललाई लक्षित गर्दै उनले भने, ‘विपक्षी दल पनि उस्तै छ। पैसा यहाँ पनि बढाऊ भन्छ, उता पनि पुगेन भन्छ। अनि बजेटचाहिँ १ सय रुपैयाँमात्रै राखियोस् यो मन्त्रालयमा भन्छ। अनि देश कसरी विकास हुन्छ?’

त्यस्तै उनले मन्त्रालयको लागि छुट्याएको रकम खर्च गर्न नसक्ने मन्त्रीहरुले सामूहिक राजीनामा दिनुपर्ने पनि माग गरेका छन् । उनले बजेट खर्च गर्नका लागि मन्त्रीहरुलाई केले रोक्यो भनेर समेत प्रश्न गरे ।

‘विनियोजित खर्च पनि गर्न नसक्ने ? अरुथोक केही गर्नुपरेन, बजेट छुट्याएको छ, संसदले पास गरेको छ। अख्तियारी समयमा नै दिन नसक्ने र काम गर्न नसक्ने भए किन तलब खाएर बसेको ? मन्त्रीले यो कुरा विचार गर्नुपर्दैन ?’ उनले भने।

उनले सांसदहरु पनि बजेटकै पछाडि दौडने गरेको बताउँदै देशका लागि बजेट र नीति निर्माण गर्नुपर्ने सासद आफ्नो क्षेत्रका लागि कहाँ बजेट पाइन्छ भनेर सुँघ्दै हिँड्ने प्रवृतिले देशको विकास नभएको बताए।

प्रकाशित: Jun 16, 2020| 15:05 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।