सोमबार, भदौ ८, २०८३

कर्णालीमा थप १९१ जना संक्रमणमुक्त

कर्णाली प्रदेशमा थप एक सय ९१ कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं- कर्णाली प्रदेशमा थप एक सय ९१ कोरोना भाइरस (कोभिड-१९) संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

प्रदेशको स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख अस्पतालबाट एक सय २०, दुल्लु अस्पतालबाट २७, सल्यान अस्पतालबाट ४१ र हिजो डिस्चार्ज भएर छुटेका तीन जना संक्रमित कोरोनामुक्त भएका हुन्।

यससँगै कर्णालीमा उपचारपछि कोरोनामुक्त भई घर फर्किनेको संख्या तीन सय ४२ पुगेको छ।

यस्तै, त्यहाँ थप ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। महाशाखाका अनुसार मंगलबार दैलेखका पाँच र सुर्खेतका चार जनालाई कोरोना संक्रमण देखिएको हो।

महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३, ५ र ११ का एक एक पुरुषलाई कोरोना संक्रमण देखिएको छ। सोही नगरपालिकाको वडा नम्बर ७ का दुई पुरुष पनि संक्रमित भएका छन्।

यस्तै, सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर ११ र १२ का एक एक पुरुष तथा भेरीगंगा नगरपालिकाका एक पुरुष र एक महिलालाई कोरोना पोजेटिभ देखिएको छ। हाल ती सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जनाएका छन्।

प्रकाशित: Jun 16, 2020| 14:13 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।