सोमबार, भदौ ८, २०८३

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण

नेपाली कांग्रेसले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश विदेशबाट ध्यानाकर्षण पत्र बुझाएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं– नेपाली कांग्रेसले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई देश विदेशबाट ध्यानाकर्षण पत्र बुझाएको छ।

मंगलबार काठमाडौंमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई भेटेर, जिल्लाबाट प्रमुख जिल्ला अधिकारी मार्फत र विदेशबाट दूतावासमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो।

प्रधानमन्त्रीलाई भेटने टोलीमा पुष्पा भुसाल, गगन थापा, भीमसेनदास प्रधान र राजन केसी पनि सहभागी थिए।

यस्तै ७७ वटै जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत, प्रदेशमा प्रदेश संसदीय दलमार्फत तथा विदेशबाट जनसम्पर्क समितिहरुले दूतावासमार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी ढंगले काम गर्न नसक्दा स्थिति भयाभव हुन थालेको काग्रेसको ठहर छ।

लकडाउनको समयलाई सरकारले दुरुपयोग गरेको काँग्रेसले गठन गरेको कोभिड १९ अनुगमन समितिले निष्कर्ष निकालेको छ।

प्रकाशित: Jun 16, 2020| 13:39 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।