सोमबार, भदौ ८, २०८३

बाबुआमा र दुई सन्तानलाई सँगै दागबत्ती

कुश्मा नगरपालिका–३ दुर्लुङ ढकालबारीका अम्मरबहादुर थापाले आफ्ना आमा–बाबु र दुई सन्तानलाई सँगै दागबत्ती दिएका छन्।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

पर्वत- कुश्मा नगरपालिका–३ दुर्लुङ ढकालबारीका अम्मरबहादुर थापाले आफ्ना आमा–बाबु र दुई सन्तानलाई सँगै दागबत्ती दिएका छन्।

शनिबार राति पहिरोमा पुरिएर थापाका बाबु ५३ वर्षीय तुलबहादुर, आमा ५२ वर्षीया मीनकुमारी, छोरा सम्राट र छारी विविशाको मृत्यु भएको थियो।
थापाले स्थानीय मोदीवेणीमा सोमबार बाबुआमालाई एउटै चितामा र छोरा छोरीलाई अलग अलग चितामा दागबत्ती दिएर अन्त्येष्टि गरे।

त्यही पहिरोमा पुरिएर निधन भएका अन्य पाँच जनाको पनि दाहसंस्कार गरिएको छ । मृतकमध्ये कमला विक र उनकी आठ वर्षीया छोरी प्रमिशालाई चक्रबहादुर विकले दागबत्ती दिए। चक्रबहादुर कमलाका जेठाजु हन्।

यस्तै पहिरोमा पुरिएका ३४ वर्षीया दिर्पा थापा र उनका छोरा १७ वर्षीय विवेकको बागलुङको कालीगण्डकी किनारमा पर्ने जैमिनीघाटमा अत्येष्टि गरिएको छ। दिर्पा लकडाउनपछि छोरा विवेकसहित माइतीमा बस्दै आएकी थिइन्।

पहिरोले पुरिएका नौ मध्ये १३ वर्षीय जेनिश विक अझै पनि भेटिएका छैनन्।

खोजी कार्यमा लगातारको वर्षाले समस्या बनाएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

 

प्रकाशित: Jun 16, 2020| 13:02 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।