सोमबार, भदौ ८, २०८३

जुम्लामा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

जुम्लामा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु

पातारासी गाउँपालिकामा सोमबार राति भे १ त ७३३२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा वडा नम्बर ४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो।

प्रहरीका अनुसार जुम्ला सदरमुकाम खलंगादेखि पातारासीको लासी बजारसम्म छड र सिमेन्ट लिएर जादैँ गरेको ट्रयाक्टर उथुचौतारा नजिकैको कोटा भिडमा दुर्घटना भएको थियो।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले ट्रयाक्टरमा चढेका अरु दुई जना घाईते भएको जानकारी दिए ।

घाइते हुनेमा ३६ वर्षीय वीरवहादुर बुढा र ३८ वर्षीय धनसुर बुढा रहेका छन्।

उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

ट्रयाक्टर सडकबाट झण्डै ५० मिटर तल खसेको छ । चालक यज्ञराज बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: Jun 16, 2020| 12:19 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।