सोमबार, भदौ ८, २०८३

क्यान्सरपीडित गाउँपालिका अध्यक्षको निधन

क्यान्सरपीडित सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं- क्यान्सरपीडित सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ।

३९ वर्षीय शेर्पाको मंगलबार बिहान वडा नम्बर ३ स्थित आफ्नै घरमा निधन भएको गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पाले जानकारी दिइन्।

आन्द्राको क्यान्सरबाट पीडित शेर्पाको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो। अवस्था सुधारोन्मुख नभएपछि चिकित्सकको सल्लाहमा गाउँ नै फर्काइएको बुझिएको छ।

उपचारका लागि भर्ना भएपछि एक महिनाअघि शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए।

तत्कालीन नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित शेर्पाको मंगलबार नै धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिने उपाध्यक्ष टसील्हामुले जानकारी दिइन्।

 

प्रकाशित: Jun 16, 2020| 11:50 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।