सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अलपत्र श्रमिकको तत्काल उद्धार गर्न  सरकारलाई एनआरएनएको पत्र

अलपत्र श्रमिकको तत्काल उद्धार गर्न  सरकारलाई एनआरएनएको पत्र

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

काठमाडौं- गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले सरकारलाई १३ बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ।

गैरआवासीय नेपाली सङ्घका तर्फबाट अध्यक्ष कुमार पन्त र उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा एनआरएनए कल्याणकारी विभागका प्रमुख डा बद्री केसीले सोमबार एक पत्रमार्फत सरकारलाई विदेशमा अलपत्र परेका श्रमिकको तत्काल उद्धारका लागि आग्रह गरेका हुन् ।

सङ्घले उपप्रधानमन्त्री तथा अध्यक्ष कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादव र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई लेखेको पत्रमा विदेशमा अलपत्र परेका नेपालीको उद्धार प्रक्रियालाई थप तीव्रता दिन आग्रह गरिएको छ ।

सङ्घले विदेशमा अलपत्र परेका व्यक्तिको उद्धारका लागि सरकारको तर्फबाट चाल्नुपर्ने कदमका बारेमा बुँदागतरूपमा सुझाव दिएको छ ।

सङ्घले चार्टर उडान गर्ने व्यावहारिक र सहज व्यवस्था मिलाउन, कामदारहरु पनि विदेश फर्कने बाटो खोल्न, खर्चविहीन भएका विद्यार्थीलाई सरकारी खर्चमा तुरुन्त उद्धार गर्न, देशमा होल्डिङ सेन्टरको प्रबन्ध मिलाउन, सेल्टरमा कुरिरहेका मजदुरलाई नेपाल फर्कने स्वीकृति प्रदान गर्न, सयौँको सङ्ख्यामा रहेका शव तुरुन्त नेपाल झिकाई सांस्कृतिक परम्पराअनुसार दाहसंस्कार गर्नका लागि परिवारलाई हस्तान्तरण गर्न, अलपत्र परेका कामदारलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत सहयोग गर्न ठोस कदम चाल्न आग्रह गरेको छ ।

-रासस

प्रकाशित: Jun 16, 2020| 10:45 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।