सोमबार, भदौ ८, २०८३

दाङमा क्वारेन्टिन भित्रै विवाह, विवाहपछि घर पठाइयो

भारतको दिल्लीबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका एक जोडीले क्वारेन्टिन भित्रै विवाह गरेका छन् ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

दाङ- भारतको दिल्लीबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका एक जोडीले क्वारेन्टिन भित्रै विवाह गरेका छन् ।

घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका–५ की २१ वर्षीया सीता चौधरीबीच क्वारेन्टिन भित्रै विवाह भएको हो ।

घोराही उपमहानगरपालिका–१८ मा रहेको बेलघारी क्वरेन्टिनमा बसेका उनीहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जेठ ३२ गते विवाह भएको हो।

माया-प्रेममा रहेका उनीहरुले आग्रह गरेपछि विवाह गरिदिएको वडाध्यक्ष भरत अर्यालले बताए। घर सल्लाहमै बरपिपल साक्षी राखेर सामान्य विधिबाट विवाह भएको उनले जानकारी दिए।

जेठको पहिलो साता नेपाल आएका उनीहरु झण्डै २४ दिन क्वरेन्टिनमा अलग्गै बसेका थिए। त्यसपछि उनीहरु विवाह बन्धनमा बाधिएका हुन्। विवाहपछि एक हप्ता सेल्फ क्वारेन्टिनमा बस्ने गरी उनीहरुलाई घर पठाइएकाे छ। 

प्रकाशित: Jun 16, 2020| 10:24 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।