सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पुनः कोरोना संक्रमण फैलिएपछि चीनमा हाइअलर्ट, स्कूल र मनोरञ्जन केन्द्र बन्द

पुनः कोरोना संक्रमण फैलिएपछि चीनमा हाइअलर्ट, स्कूल र मनोरञ्जन केन्द्र बन्द

चीनमा पुनः कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि सुरक्षा सतर्कता बढाउनुका साथै स्कूलहरु बन्द गरिएको छ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

चीनमा पुनः कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि सुरक्षा सतर्कता बढाउनुका साथै स्कूलहरु बन्द गरिएको छ।

संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेको भन्दै चीनले बेइजिङका धेरैजसो स्कुलहरु बन्द गरेको छ भने बेइजिङवासीलाई कोरोना परीक्षण गराउन आह्वान गरेको चिनियाँ सचामार संस्था सिन्ह्वाले जनाएको छ।

खेल र मनोरन्जन केन्द्रहरु पनि बन्द गरिएको छ । बेइजिङको यात्राका लागि सतर्कता बढाउनुका साथै स्वास्थ्य जाँच कडा पारिएको छ ।

कोरोना संक्रमण करिब मुक्त हुन लागेको चीनमा दोस्रो लहरको संक्रमण देखिएसँगै स्वास्थ्य जाँच र सतर्कता कडा पारिएको हो ।

बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको थियो । सिन्फाडी भनिने होलसेल मार्केटका १० हजार कर्मचारीमा कोरोनापरीक्षण गरिने भएको छ ।

सो मार्केटका जनरल म्यानेजरलाई स्थानीय सरकारले बर्खास्त गरेको छ । सो मार्केटमा ७९ जना संक्रमित फेला परेका थिए ।

चीनमा पछिल्ला दिनहरुमा पुनः संक्रमितको संख्या बढ्दै गएको छ । सोमबार ४९ जनामा संक्रमण पुष्टि भएको छ भने आइतबार ५७ जना संक्रमित फेला परेका थिए ।

प्रकाशित: Jun 16, 2020| 09:04 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।