पोखरा- गण्डकी प्रदेशका पाँच जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २ सय २३ पुगेको छ।
मंगलबार बिहान थपिएका संक्रमितहरु गोरखाका १०, स्याङजाका ४, नवलपरासी पूर्वका २, कास्कीका एक र बाग्लुङका १ जना रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका प्रवक्ता डाक्टर विनोद बिन्दु शर्माले जानकारी दिए ।
गोरखामा थपिएका १० संक्रमितमध्ये गोरखा नगरपलिकामा आठ जना र बारपाक सुलिकोट गाउँपालिकामा २ जना रहेका छन् ।