सोमबार, भदौ ८, २०८३

कोरोनाको आशंकामा वृद्धको शव ६ घण्टासम्म घरमै

झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार ६ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ ।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार ६ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ ।

गाउँलेले कोरोनाका कारण मृत्यु भएको आशङ्का गर्दै उनको शव दाहसंस्कार गर्न घाट लैजानबाट रोकेका थिए । घटनाबारे तत्काल जानकारी पाउनेबित्तिकै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको स्वास्थ्य शाखालाई शवको अवस्थाबारे बुझ्न र व्यवस्थापन गर्न निर्देशन दिएका थिए।

नगरको स्वास्थ्यकर्मीको टोली मृतकको घर पुगेर अस्पताल रिपोर्ट जाँच गर्दा दुवै मिर्गौला खराब भएर मृत्यु भएको पुष्टि गरेपछि मात्र गाउँलेले घरबाट उनको शव उठाउन दिएका थिए ।

मृतक एक हप्ताअघि मात्र उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल भर्ना भएका थिए । उनलाई अस्पतालले शुक्रबार घर फर्काएको थियो । उनको सोमबार बिहान ८ बजे घरमै निधन भएको हो ।

“नोबेल अस्पतालको रिपोर्ट हेर्दा कोरोना भएको देखिँदैन,” नगर स्वास्थ्य शाखा प्रमुख शशिकला राईले भनिन्, “दुवै मिर्गौला खराब भएको रहेछ । गाउँलेलाई सबै कुरा बताएपछि मात्र अन्त्येष्टि गर्न दिए ।” पालिकाले चार जना गाउँलेलाई पिपिइ, पञ्जा र मास्क दिएपछि शव उठाएर दाहसंस्कार गरिएको थियो ।

मृतक भारतीय सेनाबाट निवृत्त भएका हुन् । उनी बन्दाबन्दीअघि पेन्सन थाप्न भारतको बागडुग्रास्थित हात्तीसारको पेन्सन अफिसमा गएका थिए । बन्दाबन्दी भएसँगै भारतमै छोरीज्वाइँको घरमा बसेका उनलाई बिरामी भएपछि एक हप्ताअघि मात्र पूर्वीनाका काँकडभिट्टा हुँदै एम्बुलेन्सबाट बिर्तामोडस्थित मनमोहन अस्पताल ल्याइएको थियो । मनमोहनले उपचार गर्न नसक्ने बताएपछि उनलाई उपचारका लागि नोबेल अस्पताल लगिएको थियो ।
रासस

प्रकाशित: Jun 16, 2020| 07:37 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।