सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शम्भु सदा मृत्यु प्रकरण : दुई वडाध्यक्षसहित सात जनाविरुद्ध किटानी जाहेरी

शम्भु सदा मृत्यु प्रकरण : दुई वडाध्यक्षसहित सात जनाविरुद्ध किटानी जाहेरी

धनुषास्थित ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा मृत भेटिएका शम्भु सदाका परिवारले पूर्वमन्त्री मातृकाप्रसाद यादवका भाइसहित सात जनाविरुद्ध जाहेरी दर्ता गराएका छन्।
 |  मंगलबार, असार २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार २, २०७७

धनुषास्थित ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा मृत भेटिएका शम्भु सदाका परिवारले पूर्वमन्त्री मातृकाप्रसाद यादवका भाइसहित सात जनाविरुद्ध जाहेरी दर्ता गराएका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाले अस्वीकार गरेपछि शम्भुको परिवारले सरकारी वकिल कार्यालयमार्फत् जाहेरी दर्ता गराएका हुन्।

शम्भुकी आमा सियालीदेवी सदाले इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादव, पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवका भाइ कारी यादव, सबैला नगरपालिका २ का वडाध्यक्ष पारस साह, वडा नम्बर ३ का वडाध्यक्ष सन्तोष साह, वडा नम्बर ४ बस्ने राजकुमार यादव, र सञ्जय साह तथा वडा नम्बर ३ बस्ने कालीप्रसाद साहविरुद्ध सरकारी वकिल कार्यालय जनकपुरमा किटानी जाहेरी दिएकी छिन्।

उनीहरुकै मिलेमतोमा हिरासतभित्रै छोराको हत्या भएको भन्दै ज्यान मुद्दामा कारबाही गर्न माग गर्दै उनले माग गरेकी छिन्। सियालीदेवीको किटानी जाहेरी सरकारी वकिल कार्यालयमा दर्ता भएको कार्यालयका नायब सुब्बा विनोद सुवेदीले जानकारी दिए। ट्याक्टर मालिक संजय साहको इसारामा शम्भुको प्रहरी हिरासतभित्रै हत्या गरिएको परिवारको दाबी छ।

हिरासतभित्र शम्भुको हत्या गरेर आत्महत्याको रुप दिई घटना भएलगत्तै वडाध्यक्षलगायतका व्यक्तिहरुसँग मुचुल्कामा सही गर्न लगाइएको शम्भुकी आमा सियालीदेवीसहित आफन्तहरुको आरोप छ। सियालीदेवीले आफूलाई बेहोस पारी प्रहरीले जबरजस्ती मुचुल्कामा औँठाछाप गर्न लगाएको समेत दाबी गर्दै आइरहेकी छिन्।

जाहेरीमा प्रहरीको निगरानीमा रहेको व्यक्तिले आत्महत्या गर्न नसक्ने भन्दै हत्या गरेर आत्महत्या जस्तो देखाइएको जिकिर गरिएको छ । सवारी ज्यान मुद्दामा हिरासतमा रहेका २२ वर्षीय शम्भु इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्र गत जेठ २७ गते राति झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

उनले चलाएको ट्र्याक्टरले गाउँकै एक महिलालाई ठक्कर दिँदा ज्यान गएपछि उनी थुनामा परेका थिए। जाहेरी दर्ता नभएसम्म पीडित परिवारले पोस्टमार्टमसमेत गर्न दिन मानेको थिएन ।

शम्भुको हत्या भएको भन्दै उनका परिवारका साथै दलितसंवद्ध संघ संगठनहरु सबैलाका साथै जनकपुरमा समेत प्रदर्शन गरिरहेका छन्।

 

प्रकाशित: Jun 16, 2020| 06:35 मंगलबार, असार २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।