सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न सकेन : नेविसंघ

सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न सकेन : नेविसंघ

नेविसंघले सोमबार काठमाडौंमा प्रदर्शन गर्दै सरकारले कोरोना संकटका बेलामा सरकारले जनतालाई राहत दिन नसकेको आरोप लगाएको हो।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडाैं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएको छ। नेविसंघले सोमबार काठमाडौंमा प्रदर्शन गर्दै सरकारले कोरोना संकटका बेलामा सरकारले जनतालाई राहत दिन नसकेको आरोप लगाएको हो।

कार्यक्रममा नेविसंघका अध्यक्ष राजीव ढुंगानाले सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर हुन नसेकेको आरोप लगाए। उनले भने, “सङ्कटका बेलामा सरकार जनतालाई राहत दिनुभन्दा पनि आर्थिक अनियमिततामा लाग्यो।” संघले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने जिम्मा निजीलाई दिने व्यवस्था खारेज गर्नसमेत सरकारसँग आग्रह गरेको छ।

नेविसंघका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीलाई तत्काल उद्धारमा सरकार लाग्नुपर्ने बताए। मजदुरलाई राहत दिने र पीसीआर परीक्षणको दायरा बढाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: Jun 15, 2020| 20:55 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।