सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिनमा बलात्कार गर्नेमाथि कारबाही होस् : आयोग

क्वारेन्टिनमा बलात्कार गर्नेमाथि कारबाही होस् : आयोग

'राज्यका निकायहरुबाटै सञ्चालित क्वारेन्टिनभित्रै यस्तो जघन्य अपराधको घटना हुनु अत्यन्त दुःखद् पक्ष हो।' 
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडाैं- कैलालीको लम्कीचुहा नगरपालिका १ स्थित सहिदस्मारक माविको क्वारेन्टिनमा राखिएकी महिलामाथि भएको सामूहिक बलात्कारको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कोभिड–१९ को महामारीबाट बाँच्न आफ्नो थातथलो सम्झेर भारतबाट आई गत जेठ २० गतेदेखि क्वारेन्टिनमा बस्दै आएकी उनीमाथि जेठ ३१ गते राति बलात्कार भएको थियो।

आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'राज्यका निकायहरुबाटै सञ्चालित क्वारेन्टिनभित्रै यस्तो जघन्य अपराधको घटना हुनु अत्यन्त दुःखद् पक्ष हो।' 

उक्त घटनाबाट नेपालको संविधानको धारा ३८ र १८ मा उल्लेखित मौलिक हक र नेपाल पक्ष भएको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि, १९७९ मा उल्लेखित अधिकारको समेत उल्लंघन भएको आयोगले जनाएको छ।

आयोगले भनेको छ, 'घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन, क्वारेन्टिनमा यस प्रकारका घटनाहरु नदोहोरिने सुनिश्चितता गर्न, बलात्कृत भएको भनिएकी महिलाको शीघ्र स्वास्थ्य परीक्षण तथा पीसीआर परीक्षण गरी मनोसामाजिक विमर्श प्रदान गर्न, परिवारमा पुनर्एकीकरण गर्न तथा उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्नसमेत आयोग सरकारको ध्यानाकर्षण गराउँछ।'

आयोगले यस सम्बन्धमा नेपाल प्रहरीलाई विस्तृत जानकारी पठाउन पत्राचार गरेको छ। यस्तै आयोगको धनगढीस्थित प्रदेश कार्यालयको टोली अनुगमनका लागि घटनास्थलतर्फ प्रस्थान गरेको आयोगले जनाएको छ।

प्रकाशित: Jun 15, 2020| 20:35 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।