सोमबार, भदौ ८, २०८३

प्रदेश १ मा कोरोना संक्रमित ४ सय नजिक

विराटनगर– प्रदेश १ मा सोमबार २६ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र २२ जना पुरुषमा संक्रमण देखिएको छ हो
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

विराटनगर– प्रदेश १ मा सोमबार २६ जना कोरोना संक्रमित थपिएका छन् । ४ महिला र २२ जना पुरुषमा संक्रमण देखिएको छ हो

मोरङमा २२ जना, सुनसरीमा ३ जना र झापामा १ जनामा संक्रमण देखिएको छ । सुनसरीको बराहक्षेत्रमा १ महिला र १ पुरुष, बर्जुमा १ पुरुष, झापाको मेची नगरमा १ पुरुष,

मोरङको केराबारीमा १ महिला, सुनवर्षीमा २ महिला र १९ जना पुरुषमा संक्रमण देखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा सोमबार २६ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३ सय ९७ पुगेको छ । संक्रमित भएका मध्ये २६ महिला र ३ सय ७१ पुरुष छन् ।

प्रदेश १ बाट सोमबार ८ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना आज डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

डिस्चार्ज हुनेमा ४ जना झापाका, २ जना मोरंग र २ जना संखुवासभाका रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ सय ७४ पुगेको छ ।

१ हजार ७४ बेड हटाइयो

प्रदेश १ मा ४ सय २१ स्थानमा तयार गरिएका क्वारेन्टिन बेडमध्ये सोमबार १ हजार ७४ वेड हटाइएको छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड विपरित निर्माण गरिएका बेडहरु हटाईएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा १० हजार ४ सय ४५ क्वारेन्टिन बेड तयार गरिएको छ ।

 

 

प्रकाशित: Jun 15, 2020| 19:47 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।