सोमबार, माघ ५, २०८२

रेफ्रीको लापरबाहीबारे छानबिन गर्न भक्तपुर क्लबको माग

भक्तपुर फुटबल क्लबले सी डिभिजन लिगको छनोटमा खेलमा रेफ्रीले लापरबाही गरेको भन्दै छानबिन गर्न माग गरेको छ।क्लबले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छानबिनको माग गरेको हो।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं– भक्तपुर फुटबल क्लबले सी डिभिजन लिगको छनोटमा खेलमा रेफ्रीले लापरबाही गरेको भन्दै छानबिन गर्न माग गरेको छ।क्लबले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छानबिनको माग गरेको हो।

National life

गत भदौ २६ गते दिउँसो भएको भक्तपुर र दिव्यश्वरी फुटबल क्लबको खेलका क्रममा पाँचौ मिनेट र आठौं मिनेटमा भएको खेलमा रेफ्रीको लापरबाही भएको आरोप लगाइएको छ। 

क्लबले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘सी डिभिजन छनोट प्रतियोगिता अन्तर्गत २०७४ भदौ २६ गते १२:३० बजेबाट सुरु भएको सी डिभिजन क्‍वालिफायर टुर्नामेन्टमा रेफ्रीको गम्भीर लापरबाहीका कारण खेलको ५ औं मिनेटमा र ८ औं मिनेटमा भएको गोललाई गोल भइसकेपछि 'अफ-साइड' दिएर चरम लापरबाहि गरेको देखिन्छ।’

लापरबाहि भयो भनिएको खेलको भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्-

क्लबले भक्तपुर जिल्ला फुटबलमा देखिएको गलत कुराको विरोधमा पनि समय-समयमा आवाज उठाउँदै आएको बताएको छ। केही समयअघि मात्र अखिल नेपाल फुटबल संघ(एन्फा) ले भक्तपुरको जिल्लामा एन्फाको तदर्थ समिति बनाएको थियो।

Laxmi sunrise bank
kumari

उसले विज्ञप्तिमा लेखेको छ, ‘यस प्रकारको अपराधिक कार्यहरुका कारण नेपाली फुटबल खेलको स्तर झनै खस्किँदै जाने निश्चित नै छ।’

क्लबका अफिसियलहरुबाट अफिसियल राजेश राउटलाई र म्याच कमिस्‍नर अशोक मानन्धरलाई यसबारे खबरदारी र जानकारी गराउँदा पनि गैरजिम्मेवार जवाफ आएको क्लबले जनाएको छ।

‘एन्फाबाट हामीलाई प्रोटेस्ट गर्नु भन्‍नेजस्ता गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिइ रेफ्रीको गलत निर्णयलाई ढाकछोप गरिएको छ। हिजो एन्फा सचिवालयमा ज्ञापनपत्र बझाउने क्रममा पनि यस विषयमा जानकारी नभएको र रेफ्रीको यस्तो गल्ती कमजोरी संसारभरमै हुने र भइ आएको जस्ता गैरजिम्मेवारी पूर्ण अभिव्यक्ति आएको छ,’ विज्ञप्तिामा भनिएको छ।

क्लबले प्रश्‍न गरेको छ, ‘नेपाली फटबल क्लबहरुको लाखौंको लगानी यसरी एक अयोग्य रेफ्रीको हातमा दिँदा के हुन्छ ?’

यसबारे क्लबले एन्फालाई छानबिन गर्न अनुरोध पनि गरेको छ। तर एन्फाले ध्यान नदिएपछि आयोजक र एन्फाको लापरबाही भएको निष्कर्ष क्लबको छ।

क्लबका अध्यक्ष राम प्रजापतिले लापरबाही भएको खेल खारेज गर्दै आवश्यक छानबिनको नतिजा नआएसम्म खेलहरु रोकि दिन माग गरेका छन्।


प्रकाशित: Sep 14, 2021| 20:02 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।