सोमबार, भदौ ८, २०८३

प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीमा नायब निरीक्षकबाट निरीक्षकमा हालै बढुवा भएकाहरुलाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

नेपाल प्रहरीमा नायब निरीक्षकबाट निरीक्षकमा हालै बढुवा भएकाहरुलाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बढुवा भएका ७३ जनामध्ये ४१ जना प्रहरी निरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको जेठ ३२ गतेको निर्णयअनुसार उनीहरु बढुवा भएका हुन्। ज्ञवालीले बढुवा भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै सांगठनिक जिम्मेवारी थपिएकोले संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गर्न निर्देशन दिए।

देश र जनताप्रतिको कर्तव्य बोधमा कहिल्यै पनि विचलित नभई आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले जस्तोसुकै चुनौति एवम् विषम परिस्थितिमा पनि राज्यले सुम्पिएको जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

बढुवा भएकाहरूको तर्फबाट मन्तव्य राख्दै गणेश राज उप्रेतीले संगठनले अंगिकार गरेको नीति अनुरुप दृढ, व्यवसायिक एवम् कुशलतापूर्वक प्राप्त जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धता जनाए।

बढुवा भएकामध्ये दुई जना संयुक्त राष्ट्रसंघीय मिसनमा तथा ३० जना उपत्यका बाहिर कार्यरत रहेकोले सम्बन्धित कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

प्रकाशित: Jun 15, 2020| 18:04 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।