सोमबार, भदौ ८, २०८३

सुदूरपश्चिममा ६८ कोरोना संक्रमित थपिए

सुदूरपश्चिममा आज (सोमबार) ६८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३३२ पुगेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठे जानकारी दिएका छन्।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

धनगढी – सुदूरपश्चिममा आज (सोमबार) ६८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३३२ पुगेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठे जानकारी दिएका छन्।

आज थपिएका संक्रमितमा ६५ जना पुरुष र तीन महिला रहेका छन्। बैतडीका २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको श्रेष्ठले जानकारी दिए।

सुदूरपश्चिमका जिल्लामध्ये सबैभन्दा बढी संक्रमित कैलालीमा देखिएका छन्। कैलालीमा ९३ जनामा संक्रमण देखिएको छ। यस्तै कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका २२, डोटीका ३७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा २७ जनामा कोरोना पुष्टि भएको छ।

सुदूरपश्चिममा हालसम्म कोरोनाकाकारण दुई जनाको मृत्यु भएको छ भने २६ संक्रमित निको भएर घर फर्किसकेका छन्।

 

प्रकाशित: Jun 15, 2020| 18:00 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।