मंगलबार, असार २३, २०८३

आशिफको ब्याटिङ चम्किँदा नेपालले दियो १९७ रनको लक्ष्य

नेपालको ओपनिङ ब्याट्स्‌म्यान आशिफ शेखले एकदिवसीय क्रिकेटमा करियरको पहिलो अर्धशतक प्रहार गरेका छन्।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं– नेपालको ओपनिङ ब्याट्स्‌म्यान आशिफ शेखले एकदिवसीय क्रिकेटमा करियरको पहिलो अर्धशतक प्रहार गरेका छन्। उनको ९० रनको सहयोगमा नेपालले ओमानलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

ओमानको अल इमिरेत मैदानमा जारी खेलको पहिलो पारीमा नेपालले ४७ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाएर १९६ रन बनाएको हो।

मंगलबारको खेलमा पपुवा न्युगिनीविरुद्ध एक दिवसीय मैत्रीपूर्णमा डेब्यु गरेका आशिफले आफ्नो चौथो खेलमा पहिलो अर्धशतक प्रहार गरेका हुन्।

उनले ११२ बलमा एक छक्का र सात चौका प्रहार गर्दै ९० रन बनाएर एक दिवसीय क्रिकेटमा पहिलो अर्धशतक पूरा गरे। यसअघि उनको उच्च स्कोर ३० रन थियो, जुन उनले पपुवा न्युगिनीविरुद्धको पहिलो खेलमा बनाएका थिए।

अहिले जारी खेलमा नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो भने दोस्रो विकेटको रुपमा कप्तान ज्ञानेन्द्र मल्लाई गुमाएको थियो।

त्यस्तै रोहित पौडेल २० रन बनाएर आउट भएका छन्। विनोद भण्डारी, सोमपाल कामी, विक्रम शोब र कुशल मल्लले पनि सम्झनलायक प्रदर्शन गरेनन्।

सन्दिप लामिछानेले १६ रन बनाउँदो करण केसीले २१ रन बनाए। बलिङतर्फ ओमानका विलाला खानले चार विकेट लिए भने नेस्टर धम्बाले २ विकेट लिए। त्यस्तै, मोहम्मद नदिमले एक विकेट गिराए।

प्रकाशित: Sep 14, 2021| 19:53 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।