सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश ५ को आर्थिक वृद्धिदर दुई प्रतिशतमा सीमित हुने

प्रदेश ५ को आर्थिक वृद्धिदर दुई प्रतिशतमा सीमित हुने

चालू आर्थिक वर्षमा प्रदेश ५ को आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित रहने भएको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

चालू आर्थिक वर्षमा प्रदेश ५ को आर्थिक वृद्धिदर २ प्रतिशतमा सीमित रहने भएको छ।

प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७७–०७८ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मुख्यमन्त्री शंकर पोखरेलले कोरोना महामारीका कारण आर्थिक संकट आएको बताए ।

उनले चालू आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा दोस्रो चौमासिक राम्रो हुँदै गएको स्मरण गर्दै पछिल्ला केही महिना भने आर्थिक गतिविधि ठप्प भएकाले आर्थिक वृद्धिमा असर पर्ने बताए । उनले भने, ‘प्रदेश लगानी सम्मेलन आयोजना गरिएको थियो । योजनाहरु कार्यान्वयमा तिव्रता आउँदै. गरेका बेला अचानक कोभिड १९ ले समस्या पार्यो ।’

पोखरेलले विदेशबाट आउनेहरुलाई सुरक्षित रुपमा व्यवस्थित गर्ने सरकारको रणनीति रहेको समेत बताए । उनले तराई झर्ने प्रवृत्ति रोक्दै पहाडमा मानिसको आकर्षण बढ्ने गरी सरकारले काम गर्ने दाबी गरे।

गौतमबुद्ध विमानस्थलले पनि अर्थतन्त्रमा नयाँ तरंग सृजना गर्ने उनको विश्वास छ । विदेशबाट फर्केकाहरुलाई प्राथमिकतामा राखेर बजेट तयार गरिएको उनले जानकारी दिए।

 

प्रकाशित: Jun 15, 2020| 15:36 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।