सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालसँगको असमझदारी वार्ताबाट समाधान हुन्छ : भारतीय रक्षामन्त्री

नेपालसँगको असमझदारी वार्ताबाट समाधान हुन्छ : भारतीय रक्षामन्त्री

भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक सडकबारे नेपालमा केही असमझदारी देखिए पनि त्यसलाई दुई देशबीचको वार्ताद्वारा समाधान गरिने बताएका छन्।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक सडकबारे नेपालमा केही असमझदारी देखिए पनि त्यसलाई दुई देशबीचको वार्ताद्वारा समाधान गरिने बताएका छन्।

भारतको उत्तराखण्डको भर्चुअल जनसंवादलाई साेमबार सम्बोधन गर्दै  उनले भने, 'लिपुलेक सडक निर्माणपछि नेपालमा देखिएको असमझदारी वार्ताका माध्यमबाट समाधान हुनेछ।' उनले दुई देशबीच गहिरो सम्बन्ध रहेको पनि दोहोर्याए।

उनले भने, 'दुई देशबीचको सम्बन्ध सामान्य खालको छैन। हामीबीच रोटी और बेटीको सम्बन्ध छ। यसलाई दुनियाँको कुनै शक्तिले पनि तोड्न सक्दैन।' उनले भारतमा नेपाली नागरिकप्रति कुनै कटुता उत्पन्न नभएको पनि स्पष्ट पारे।

उनले भने, 'बाबा पशुपतिनाथ हुन् वा काशी विश्वनाथ, सोमनाथ वा अमरनाथ हामीलाई कसैले यिनीहरुबाट अलग गर्न सक्दैन।' यो सम्बन्ध यो लोकको मात्र नभएर अर्को लोकको पनि रहेकाले कसैले तोड्न नसक्ने उनको भनाइ छ।

गत कात्तिकमा भारतले यी भूमि समेटिएकाे भारतकाे प्रशासनिक र राजनीतिक नक्सा सार्वजनिक गरेपछि दुइ मुलुकबीच सीमा विवाद गहिरिएकाे हाे।

गत मे ८ मा रक्षामन्त्री  सिंहले कालापानी लिपुलेक हुँदै मानसराेवर जाने सडक उद्घाटन गरेपछि नेपालमा तीव्र विराेध भएकाे थियाे। त्यसपछि नेपालले पनि अतिक्रमणमा रहेका ती भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गरेकाे छ। 

केही दिनअघि प्रतिनिधिसभाबाट नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा निशान छापमा समेट्न संविधान संशोधन पारित भएको थियो।

नेपालको नयाँ नक्सालाई भारतले अमान्य भन्दै आएको छ। यसै बेला भारतीय रक्षामन्त्रीले वार्ताका माध्यामबाट समस्या समाधान गर्न सकिने भनाइ सार्वजनिक भएको हो।

प्रकाशित: Jun 15, 2020| 15:37 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।