सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सीमाबाट उद्धार गरिएका एक जनाले भीरबाट हाम फालेर गरे आत्महत्या

सीमाबाट उद्धार गरिएका एक जनाले भीरबाट हाम फालेर गरे आत्महत्या

सीमावर्ती सुनवलबाट उद्धार गरेर बाग्लुङ लैजाँदै गरिएका एक जनाले भीरबाट हाम फालेर आत्महत्या गरेका छन्।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७


काठमाडौं- सीमावर्ती सुनवलबाट उद्धार गरेर बाग्लुङ लैजाँदै गरिएका एक जनाले भीरबाट हाम फालेर आत्महत्या गरेका छन्।

कुश्मा नगरपालिका–८ मा पर्ने चुवाको भीरबाट हामफालेर बाग्लुङ नगरपालिका–१३ का ३९ वर्षीय चन्द्रबहादुर नेपालीले आत्महत्या गरेका हुन्।

भीरबाट हामफालेर घाइते उनलाई उपचारका लागि पोखरास्थित गन्डकी क्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार सुनौलीबाट उद्धार गरी बाग्लुङतर्फ जाने क्रममा बस रोकेको मौका पारी नेपालीले भीरबाट हामफालेका थिए।

गम्भीर घाइते भएका नेपाली प्रहरीले उद्धार गरी पर्वत अस्पताल पुर्याइएकोमा जिल्ला अस्पतालले पोखरा रेफर गरेको थियो।

लु.२ख ४२२० नम्बरको बसमा पर्वत, बाग्लुङ र म्याग्दीका सर्वसाधारणहरू भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्न जाँदै थिए ।

पर्वतका नागरिकलाई मोदी गाउँपालिकाको डिमुवामा झारेपछि बस बाग्लुङ र म्याग्दीका नागरिक बोकेर आएको थियो।

वर्षाका कारण सडकको अवस्था बिग्रिएपछि बस अगाडि जान नसक्ने भन्दै चालकले बस रोकेको मौकामा नेपालीले भीरबाट हामफालेका थिए। हामफाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: Jun 15, 2020| 15:02 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।