सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा घटेन कोरोना संक्रमण र मृत्यु, फेरि होला लकडाउन ?

भारतमा घटेन कोरोना संक्रमण र मृत्यु, फेरि होला लकडाउन ?

भारतमा एकै दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन्।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

भारतमा एकै दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन्।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण भारतमा ३२५ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको संख्या ९ हजार ५२० पुगेको छ।

त्यसैगरी संक्रमितहरुको कुल संख्या ३ लाख ३२ हजार ४२४ पुगेको छ। १ लाख ६९ हजार ७९८ जना भने संक्रमणमुक्त भएका छन्।

यसैबीच, भारतले देशव्यापी लकडाउन फेरि लागू गर्न सक्ने संकेत गरेको छ। दुई साताअघि लकडाउन खुकुलो बनाएपछि भारतमा कोरोनाको संक्रमण र मृत्यु तीव्र रुपमा बढिरहेको छ।

संक्रमणका हिसाबले भारत विश्वकै चौथो नम्बरमा पुगिसकेको छ। भारतभन्दा बढी प्रभावित राष्ट्र अमेरिका, ब्राजिल र रुस हुन्।

लकडाउन खुकुलो बनाउँदा दिनदिनै ठूलो संख्यामा कोरोना संक्रमित थपिएपछि प्रधानमन्त्री नरेन्द्र मोदी लकडाउन फेरि लागू गर्ने मनसायमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विभिन्न राज्यले कोरोना भयावह बनेको भनेर केन्द्र सरकारलाई रिपोर्ट गरिरहेको बताइएको छ। मोदीले विभिन्न राज्यका मुख्यमन्त्रीसँग यही जुन १६ र १७ तारिखमा बैठक गर्दैछन्। मुख्यमन्त्रीसँगको सुझावपछि मोदीले निर्णय गर्ने बताइएको छ।

प्रकाशित: Jun 15, 2020| 14:35 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।