सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जबरजस्ती करणी मुद्दामा सजाय सुनाइएका एक जना पाँच वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दामा सजाय सुनाइएका एक जना पाँच वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्दामा पर्वत जिल्ला अदालतबाट सजायको फैसला सुनाइएका एक जना पाँच वर्षपछि पक्राउ परेका छन्।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- जबरजस्ती करणी मुद्दामा पर्वत जिल्ला अदालतबाट सजायको फैसला सुनाइएका एक जना पाँच वर्षपछि पक्राउ परेका छन्।

जिल्ला अदालतले २०७२ पुस २८ गते चार वर्ष ११ महिना ६ दिन कैद फैसला सुनाइएका कुश्मा नगरपालिका–३ का ५६ वर्षीय भाने भन्ने बलबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ।

उनीविरुद्ध प्रहरीले ०७२ जेठ ३० गते दिउँसो ७६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

२०७२ असार ३ गते पक्राउ परेका बिक असार २७ गते ३० हजार रुपैयाँ धरौटीमा तारेखमा छुटेका थिए।

पछि अदालतले बिकलाई कैद सजाय तोकेको थियो। त्यसयता फरार रहेका बिकलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको थियो।

अदालतको आदेशले उनलाई कैद भुक्तानीका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 15, 2020| 14:21 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।