सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली : कोरोना नियन्त्रणमा १ अर्ब ५५ करोड, जिल्ला अस्पतालमा १० शय्याको आईसीयू

कर्णाली : कोरोना नियन्त्रणमा १ अर्ब ५५ करोड, जिल्ला अस्पतालमा १० शय्याको आईसीयू

कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि १ अर्ब ५५ करोड बजेट विनियोजन गरेको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

सुर्खेत- कर्णाली प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि १ अर्ब ५५ करोड बजेट विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाका अनुसार कोरोना महामारीलाई केन्द्रित गर्दै प्रदेशको राजधानी प्रदेश अस्पताल सुर्खेतमा २ सय आइसोलेसन शय्या, ४० शय्याको सघन उपचार कक्ष (आईसीयू) र २० शय्याको भेन्टिलेटरसहितका विशेष सघन उपचार कक्ष बनाइनेछ।

हरेक जिल्ला अस्पतालमा कम्तीमा पचास वटा आइसोलेसन शय्या, कम्तीमा दस शय्याकाेआईसीयू र कम्तीमा पाँच भेन्टिलेटरसहितको सघन उपचार कक्ष तयार गरिने भएको छ।

प्रदेश अस्पताललाई ३ सय शय्याको शिक्षण अस्पताल बनाउने, राकम कर्णालीमा ट्रमा अस्पतालको स्थापना गर्ने, घुम्ती अस्पतालको अवधारणा र दूर स्वास्थ्य (टेलिमेडिसिन) सेवा सञ्चालन गर्ने लगायतका कार्यक्रमसहित स्वास्थ्य क्षेत्रका लागि करिब ९ प्रतिशत बजेट विनियोजन गरिएको छ।

 

प्रकाशित: Jun 15, 2020| 13:50 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।