सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिनबाट घर पठाइएका १७ जनामा कोरोना पुष्टि, गाउँलेले घेरे वडा कार्यालय

क्वारेन्टिनबाट घर पठाइएका १७ जनामा कोरोना पुष्टि, गाउँलेले घेरे वडा कार्यालय

दाङमा पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आक्रोशित स्थानीयले वडा कार्यालय घेराउ गरेका छन्।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं– दाङमा पीसीआर रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आक्रोशित स्थानीयले वडा कार्यालय घेराउ गरेका छन्।

घोराही उपमहानगरपालिका १७ का दुईवटा क्वारेन्टिनमा बसेकाहरुलाई घर फर्काइएपछि आएको रिपोर्टमा संक्रमण पुष्टि भएको हो।

चौघेरा क्वारेन्टिनमा बसेका १३ र प्रावि क्वाडीमा बसेका चार जनामा कोरोना संक्रमण भेटिएको छ। उनीहरुलाई पीसीआर रिपोर्ट नआउँदै जेठ २८ गते घर पठाइएको थियो।

उनीहरु गाउँमा गएर खसी काटेर खाएको, मदिरा सेवन गरेको र समुदाय मा रहनेमा कोरोना संक्रमणपुष्टि भएपछि गाउँलेहरु त्रसित बनेको वडा सदस्य तुलप्रसाद घिमिरेले बताए।

संक्रमण पुष्टि भएकाहरुको व्यवस्थापनको लागि वडालाई आइतबार नै जानकारी दिइएको हुँदा रातभर संक्रमित खोजेर आइसोलेसनमा पठाइएको घिमिरेले जानकारी दिए।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले लामो समय क्वारेन्टिनमा बसेकाहरुमा कुनै लक्षण नदेखिएपछि उनीहरुकै आग्रहमा घर पठाइएको बताए। स्वाब संंकलन गरिएको एक हप्तासम्म पनि रिपोर्ट नआउँदा समस्या भएको उनको भनाई छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकामा १० दिनभन्दा बढी समय क्वारेन्टिनमा बसेका र कुनै पनि लक्षण नदेखिएकाहरूलाई पीसीआर चेकजाँच नै नगरी घर पठाउन सकिने उल्लेख छ।

रिपोर्ट पोजेटिभ आएकाहरू जेठ पहिलो साता भारतबाट आएका थिए। वडा सदस्य घिमिरे भने वडाध्यक्ष खुशीराम चौधरीले समन्वय बिना नै उनीहरूलाई घर पठाउँदा समस्या आएको बताउँछन्।

प्रकाशित: Jun 15, 2020| 13:37 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।