नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ। हालसम्म सबैभन्दा धेरै संक्रमित प्रदेश नं. २ मा २ हजार १०६ जना छन् भने ४०२ जना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै सबैभन्दा थोरै गण्डकी प्रदेशमा १९४ जना संक्रमित रहेकोमा १४ जना संक्रमणमुक्त भएका छन् । प्रदेश नं. १ मा ३७३ जना संक्रमित भएकोमा १६७ जना डिस्चार्ज भएका छन् । बागमती प्रदेशमा हालसम्म २१४ संक्रमित भेटिएकोमा ४६ जना संक्रमणमुक्त भएका छन् ।
प्रदेश २ पछि सबैभन्दा धेरै संक्रमित भेटिएको प्रदेश ५ मा १ हजार ६३५ जना संक्रमितमध्ये २९३ जना संक्रमणमुक्त भएका छन् । उता कर्णालीमा हालसम्म ९८२ जना संक्रमित भेटिएकोमा २५ जना डिस्चार्ज भएका छन् भने सुदूरपश्चिममा २५६ संक्रमित भेटिएकोमा जम्मा २७ जना कोरोनामुक्त भएका छन् ।
नेपालमा हालसम्म ७३ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । ओखलढुंगा, रसुवा, मनाङ र मुस्ताङमा संक्रमित भेटिएका छैनन् ।
सबैभन्दा धेरै संक्रमित भेटिएको जिल्ला रौतहट छ । रौतहटमा हालसम्म ६९० जना कोरोना संक्रमित भेटिएका छन् भने जम्मा १२२ जना कोरोनामुक्त भएका छन् । अहिले रौतहतमा ६६८ जना आइसोलेसनमा छन् ।
हेर्नुहोस् जिल्लागत विवरण
