सोमबार, भदौ ८, २०८३

डीआईजी सुब्बाको राजीनामा स्वीकृत

नेपाल प्रहरीका डीआईजी डा. राजीव सुब्बाले तीन महिनाअघि बुझाएको राजीनामा स्वीकृत भएको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- नेपाल प्रहरीका डीआईजी डा. राजीव सुब्बाले तीन महिनाअघि बुझाएको राजीनामा स्वीकृत भएको छ।

आफूभन्दा जुनियर अधिकारी एआईजी, एआईजी हुँदा पनि गृह मन्त्रालयले प्राविधिकतर्फ एआईजीको दरबन्दी नबनाएको भन्दै असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामा दिएका थिए।

प्रहरीको सञ्चार निर्देशनालयका प्रमुख रहेका डा. सुब्बाले प्रहरी प्रधान कार्यालयलाई बुझाएको राजीनामा आइतबार स्वीकृत भएको हो।

डीआईजी बढुवाअनुसार हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली, एआईजी सिफारिस भएकाहरु, प्रहरी अस्पतालकी एआईजीभन्दा उनी सिनियर अधिकृत थिए। सुब्बाले २०५२ भदौमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हुन्।

प्रहरी ऐनमा प्राविधिकतर्फको अधिकृतले आईजीपी हुन नपाउने व्यवस्था छ।

डीआईजीका रुपमा उनको अझै एक वर्ष सेवा अवधि बाँकी थियो। आईजीको दरबन्दी सिर्जना भएको भए उनले थप ५ वर्ष प्रहरीमा सेवा गर्न पाउने थिए।

प्रकाशित: Jun 15, 2020| 11:42 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।