गण्डकी प्रदेशका थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
तनहुँ र नवलपरासी पूर्वमा गरी थप ६ जना पुरुषमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार तनहुँ घिरिङ गाँउपालिका स्थायी ठेगाना भई सोही गाउँपालिकाको क्वारेन्टिनमा रहेका ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषमा र नवलपरासी बर्दघाट सुस्ता पूर्व स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका २० वर्षका एक जना पुरुषमा पनि संक्रमण देखिएको छ ।
योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २०५ पुगेको छ भने मृत्यु हुनेको संख्या एक छ । गण्डकी प्रदेशका संक्रमितमध्ये २० जना निको भएर घर फर्किएका छन्।