सोमबार, भदौ ८, २०८३

जसपाले सरिता गिरीलाई सांसद र पार्टीबाटै निकाल्ने

लिम्पियाधुरा नेपालको नभएको दाबी गर्दै आएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबैबाट हटाइने भएको छ ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- लिम्पियाधुरा नेपालको नभएको दाबी गर्दै आएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबैबाट हटाइने भएको छ ।

संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमानेपछि समाजवादी पार्टीले गिरीलाई दुबै पदबाट हटाउने तयारी गरेको हो ।

त्यसका लागि मंगलबार (भोलि) वा बुधबार बैठक बसेर अधिकारी निर्णय गरिने समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाकराईले नेपाल समयलाई जानकारी दिए । उनका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादव भतिजको बिहेका लागि विराटनगर पुगेकाले तत्कालै निर्णय नभए पनि उनी फर्किए लगतै बैठक बसेर निर्णय गरिनेछ ।

लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकी थिइन्। उनले संशोधन विधेयक खारेजीको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। सभामुखले गिरीको प्रस्ताव खारेज गरेका थिए।

नेतृ गिरीले अक्षम्य गल्ती गरेको भन्दै समाजवादी पार्टीका अधिकांश नेताहरुले उनलाई पार्टी र सांसद दुबैबाट हटाउन दबाब दिदै आएका छन् । राष्ट्रियतामा आँच आउने, नेपाली भूमि विदेशीको हो भन्ने, पार्टीको ह्विप नमान्ने व्यक्तिलाई तत्काल कारबाही गरिनु पर्नेमा अधिकांश नेताहरुले जोड दिएका छन् ।

गिरीको कृयाकलापले पार्टीको बद्नाम भएकाले विधि प्रक्रिया पुर्याएर पार्टी र सांसद् दुबैबाट हटाउने तयारी भएको छ । उनका कृयाकलापले राष्ट्र विरोधीहरुलाई टेवा पुगेको समाजवादीका नेताहरुको बुझाई छ ।

सांसद् गिरीले पटक पटक सार्वजनिक कार्यक्रममै लिम्पियाधुरा नेपालको नभएको, एकलौटी बनाएको नक्सा सच्याउने पर्ने लगायतको अभिब्यक्ति दिएकी थिइन् । उनको अभिब्यक्तिको जनस्तरबाट पनि चर्को आलोचना भएको थियो ।

भारत माइती भएकी नेतृ गिरी नेपाली नागरिकसंग विहे गरेको आधारमा नेपाली नागरिकता लिई राजनीतिमा सक्रिय छिन् । मन्त्रीसमेत भइसकेकी उनी पटक पटक विवादमा मुछिँदै आएकी छिन् ।

 

प्रकाशित: Jun 15, 2020| 11:22 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।