सोमबार, भदौ ८, २०८३

वैकल्पिक सिकाइको शुभारम्भ गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइ प्रविधिको घोषणा गर्दै सम्बोधन गर्ने भएका छन्।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सिकाइ प्रविधिको घोषणा गर्दै सम्बोधन गर्ने भएका छन्।

अहिले बिहान १०ः४० बजे टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रमले वैकल्पिक सिकाइको शुभारम्भ लागेका हुन्।

कोरोना भाइरस संक्रमणका कारण विद्यालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट पढाइ सुरु गर्न लागिएको हो।

केही स्थानमा पढाइ सुरु भइसकेको छ भने केही ठाउँमा आजदेखि पठनपाठन सुरु हुन लागेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही जेठ १८ गते ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी असार १ गतेदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो। सोहीअनुसार शिक्षण सिकाइ सुरु गरिएको हो।

निर्देशिकाले निर्दिष्ट गरेअनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्यदृश्य पाठ प्रसारण हुन थालेका छन्।

बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि स्थगित पठनपाठन र परीक्षा कहिले सुरु हुने टुंगो छैन।

शिक्षा मन्त्रालयको सहकार्यमा नेपाल टेलिभिजनको एनटिभी प्लस च्यानलबाट बिहान ९ देखि साँझ ५ः४० बजेसम्म विभिन्न अनिवार्य विषयमा क्रमशः कक्षा १ देखि १० सम्मका विषयका शिक्षकले भिडियो माध्यमबाट पढाइ थालेका छन्।

प्रकाशित: Jun 15, 2020| 10:35 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।