सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्वतको पहिरोमा दुई परिवारका ९ जनाको शव भेटियो, एक किशोरी अझै वेपत्ता

पर्वतको पहिरोमा दुई परिवारका ९ जनाको शव भेटियो, एक किशोरी अझै वेपत्ता

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले पुरिएका ९ जनाको शव फेला परेको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोले पुरिएका ९ जनाको शव फेला परेको छ।

शनिबार अविरल वर्षापछि पहिरो खस्दा पुरिएका १० मध्ये ९ जनाको शव फेला परेको हो। मृत्यु भएका ९ जना दुई परिवारका हुन्।

बेपत्ता एक जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ। उद्धारका लागि नेपाल प्रहरीसँगै नेपाली सेना र सशस्त्रको टोली पनि खटेको छ। वेपत्ता हुनेमा १३ वर्षीया किशोरी जेनिश विक छिन्।

जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिर्पा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक, प्रमिस विक र ७ वर्षीया प्रमिसा विक छन्।

प्रकाशित: Jun 15, 2020| 08:46 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।