सोमबार, भदौ ८, २०८३

८२ दिनपछि देश अनलक हुँदै, तर खुल्ने छैनन् यी क्षेत्र*

मुलुक ८२ दिन लामो लकडाउनबाट अनलकतर्फ गएको छ । यद्यपि, सबैक्षेत्र र व्यवसाय भने खुल्ने छैनन् ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

मुलुक ८२ दिन लामो लकडाउनबाट अनलकतर्फ गएको छ ।

सरकारले चैत ११ गतेबाट सुरु गरेको लकडाउनलाई ८ पटक म्याद थपेर जेठ ३२ गतेसम्म लम्ब्याएको थियो ।

त्यसपछि असार १ बाट लकडाउन विस्तारै खोल्दै जाने निर्णय गरेसँगै आजबाट मुलुक अनलकतर्फ अघि बढेको हो ।

लकडाउन खुकुलो हुँदै जाँदा  आजबाट सरकारी कार्यालय, निजी सवारी साधनसहित २१ क्षेत्र खुले पनि कैयौं क्षेत्र अझै बन्द रहनेछन् ।

विद्यालय, कलेज, धार्मिक तथा सामाजिक स्थल, खेलकुदका गतिविधि, सपिङ मल, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, जिमखाना, हवाई उडानसहितका गतिविधि अझै २१ दिनसम्म बन्द नै रहने अर्थ र सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार लकडाउनको म्याद नथपिए पनि सबै क्षेत्र भने अहिले खुल्न पाउने छैनन् । क्रमशः परिस्थितिको मूल्यांकन गरेर लकडाउन खुकुलो बनाउँदै खोलिने उनले बताए ।

अझै खुल्ने छैनन् यी क्षेत्र

– शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र)

– सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्यपदार्थबाहेक)

– सिनेमा हल, पार्टी प्यालेस, डान्स बार र सबै प्रकारका मनोरञ्जन स्थल

– अनुमतिप्राप्त गरेका बाहेकका अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान

– तोकिएबाहेकका अन्तर्राष्ट्रिय सीमानाकाबाट हुने आवतजावत

– सबै प्रकारका महोत्सव, जात्रा, मेला, सभा, सम्मेलन, प्रदर्शन

– २५ जनाभन्दा बढी सहभागी हुने बैठक, गोष्ठी, तालिम, सेमिनार

– सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल

– स्विमिङ पुल, जिमखाना, साउना, स्टिमलगायत हेल्थ क्लब, मसाज सेन्टर, सैलुन, ब्युटी पार्लर

– खेलकुद प्रतियोगिता र खेल मैदानमा हुने प्रस्तुती

– पहिलो चरणमा खुल्ने भनी माथि तोकिएका बाहेक अन्य सबै सवारी साधन

– बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म एम्बुलेन्स, दमकल, शववाहन र ढुवानीबाहेक सबै प्रकारका आवागमन बन्द हुनेछन् ।

लकडाउन श्रृंखला

पहिलो : चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म

दोस्रो : चैत २५ सम्म

तेस्रो : वैशाख ३ मध्यरातसम्म

चौथो : वैशाख १५ मध्यरातसम्म

पाँचौँ : वैशाख २५ मध्यरातसम्म

छैटौँ : जेठ ५ मध्यरातसम्म

सातौँ : जेठ २० मध्यरातसम्म

आठौँ : जेठ ३२ मध्यरातसम्म

*शीर्षक सच्याइएको

प्रकाशित: Jun 15, 2020| 07:15 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।