सोमबार, भदौ ८, २०८३

सोमबारदेखि मोटरसाइकलमा पनि जोर–बिजोर लागू

भोलि (असार १ गते सोमबार) देखि  मोटरसाइकल र स्कुटरमा समेत जोरबिजोर प्रणाली लागू हुने भएको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

काठमाडौं-  भोलि (असार १ गते सोमबार) देखि  मोटरसाइकल र स्कुटरमा समेत जोरबिजोर प्रणाली लागू हुने भएको छ।

यसअघि चारपांग्रे सवारी साधनमा मात्रै जोरविजोर प्रणाली लागू थियो ।

"असार १ देखि नम्बर प्लेट हुने सबै सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुनेछ," गृहमन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले नेपाल समयसँग भने।

यसअघि चारपांग्रे सवारी साधनमा जोरबिजोर लागू भए पनि मोटरसाइकलमा जोरबिजोर प्रणाली लागू बारे अन्योल थियो। मन्त्रालयका अनुसार मोटरसाइकलमा चालकमात्रै सवार हुन पाउने छन् भने कार, जिपमा चालक र थप दुई जना सवार हुन पाउने छन्।

मोटर साइकलमा चालकमात्र चढ्न पाउने सरकारी नियमप्रति सर्वासाधारणले असन्तुष्टि व्यक्त गरेका छन्।

अधिकारीले मातहतका निकायलाई दुई पांग्रे सवारी साधनमा समेत जोर विजोर प्रणाली लागू गर्ने बारे मन्त्रालयले  निर्देशन दिइसकेको जानकारी गराए।

गएको बुधबार सरकारले निजी सवारीसाधनहरु जोर गतेमा जोर नम्बर भएका र बिजोर गतेमा  बिजोर नम्बर भएका चल्न दिने निर्णय गरेको थियो ।  तर, मोटरसाइकल, स्कुटरजस्ता दुई पांग्रे सवारी साधनमा भने जोरबिजोर लागू भएको थिएन ।

 

प्रकाशित: Jun 14, 2020| 20:10 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।