सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक जिल्लाबाट अर्कोमा जाँदा कोरोना परीक्षण आवश्यक छैन : स्वास्थ्य मन्त्रालय

एक जिल्लाबाट अर्कोमा जाँदा कोरोना परीक्षण आवश्यक छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाँदा कोरोना परीक्षणको रिपोर्ट आवश्यक नभएको बताएको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

काठमाडौं– स्वास्थ्य मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाँदा कोरोना परीक्षणको रिपोर्ट आवश्यक नभएको बताएको छ।

लकडाउन खुकुलो भएपछि एक जिल्लाबाट अर्को जिल्लामा जानेको संख्या बढेसँगै स्थानीय सरकार र घरबेटीले पीसीआर परीक्षणको रिपोर्ट मागेको गुनासोको आधारमा मन्त्रालयले परीक्षण आवश्यक नभएको बताएको हो।

स्थानीय सरकार, स्थानीयबासी तथा घरबेटीले अर्को जिल्लाबाट आउनेको पीसीआर परीक्षणको रिपोर्ट माग्न थालेको भन्दै मन्त्रालयले त्यसो नगर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

कोरोना परीक्षणको लागि निश्चित मापदण्ड भएको भन्दै अनावश्यक रुपमा परीक्षण गर्दा स्रोत÷साधनको दुरुपयोग हुने मन्त्रालयको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एकबाट अर्को जिल्लामा जाँदा परीक्षण गर्नुपर्ने मापदण्ड मन्त्रालयको निर्देशिकामा नरहेको बताए।

उनले भने, “निर्देशिका विपरीत परीक्षण नगर्न/नगराउन स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, प्रयोगशाला, सरोकारवाला निकाय सबैलाई अनुरोध गर्छु।”

यात्रा गरेका व्यक्तिलाई भने क्वारेन्टिन वा होम आइसोलेसनमा बस्न मन्त्रालयले आग्रह गरेको छ ।

 

प्रकाशित: Jun 14, 2020| 17:44 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।