सोमबार, भदौ ८, २०८३

कोरोनाबाट बच्न प्लेकार्ड देखाउँदै ट्राफिक प्रहरी

कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि उपत्यकामा ट्राफिक प्रहरीले प्लेकार्ड देखाउन थालेको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि उपत्यकामा ट्राफिक प्रहरीले प्लेकार्ड देखाउन थालेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबारदेखि कोरोनाबारे विशेष अभियान थालेको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोरोना संक्रमणको जोखिमलाई मध्ययनजर गर्दै महाशाखालगायत मातहतका ३४ वटा ट्राफिक कार्यालयबाट ट्राफिक प्रहरीहरू परिचालन गरिएको जानकारी दिए।

कोरोना भाईरसबाट सडक प्रयोगकर्ताहरूमा हुने जोखिमलाई मध्ययनजर गरी उपत्यकाका मुख्य–मुख्य चोकसहित भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउने अभियान रहेको ढकालले बताए।

उनका अनुसार सामाजिक दूरीको पालना गराउन तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउनका लागि प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली खटिएको छ।

प्लेकार्डमा सधैँ मास्क लगाएर यात्रा गरौँ, जोर विजोर नियम पालना गरौँ, सवारी साधनमा सामाजिक दूरी कायम गरौँ, जथाभावी हिँडडुल नगरौँ र ट्राफिक नियमको पालना गरौँ जस्ता कुराहरू लेखिएका छन्।

दैनिक विहान ९ देखि ११ बजेसम्म र वेलुकी ४ देखि ७ बजेसम्म प्लेकार्ड देखाउने विशेष टोली परिचालन गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित: Jun 14, 2020| 17:04 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।