सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिइने, खर्च सरकारले नै बेहोर्ने

निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिइने, खर्च सरकारले नै बेहोर्ने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि निजी प्रयोगशालालाई पनि दिने निर्णय गरेको छ ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर विधिबाट कोरोना परीक्षण गर्नका लागि निजी प्रयोगशालालाई पनि दिने निर्णय गरेको छ ।

आइतबार मन्त्रीस्तरीय निर्णयमार्फत् सरकारले संकलन गरेर होल्डमा रहेका स्वाबको परीक्षण निजी प्रयोगशालालाई गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म होल्डमा भएका स्वाब निजीमा परीक्षण गर्न दिए पनि परीक्षणको शुल्क भने सरकारले नै बेहोर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कसैले आफूखुसी आफूमा कोरोना नरहेको प्रमाणित गर्न चाहेर परीक्षण गर्न खोजेमा भने तोकिएका तीन अस्पताल त्रिवि शिक्षण अस्पतलाल, वीर अस्पताल र पाटन अस्पतालमा परीक्षण गर्न पाउने गरी निर्णय भएको मन्त्रालयले जनाएको छ ।

साथै कोही विदेश यात्रा गर्नुपर्ने भएर परीक्षण गर्न चाहेमा र विदेशी कूटनीतिक नियोगका व्यक्तिहरुले पनि सोही तीन अस्पतालमा पीसीआर परीक्षण गर्न पाउने मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Jun 14, 2020| 16:36 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।