सोमबार, भदौ ८, २०८३

कोरोना अपडेट : देशभर ४२५ जना संक्रमित थपिए

नेपालमा कोरोना भाइरसका ४२५ जना संक्रमित थपिएका छन्।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

नेपालमा कोरोना भाइरसका ४२५ जना संक्रमित थपिएका छन्।

देशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा ३७५ जना पुरुष र ५० जना महिला संक्रमित थपिएका हुन्। योसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ हजार ७६० पुगेको छ।

यीमध्ये १९ जनाको मृत्यु भएको छ भने ९७४ जना संक्रमणमुक्त भएका छन्।

हालसम्म देशभर पीसीआर विधिबाट १ लाख ३३ हजार ३७७ जना र आरडीटी विधिबाट २ लाख १० हजार ७२९ जनाको कोरोना परीक्षण भएको छ।

आजको दिनमा देशभरका क्वारेन्टिनमा १ लाख ४३ हजार ६४१ जना र आइसोलेसनमा ४ हजार ७६७ जना छन्।

हालसम्म देशका ७३ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ।

अब चार जिल्ला ओखलढुंगा, रसुवा, मनाङ र मुस्ताङमा मात्र कोरोना संक्रमण देखिएको छैन।

प्रकाशित: Jun 14, 2020| 16:28 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।