सोमबार, भदौ ८, २०८३

नेकपा सचिवालय बैठक अन्तिम समयमा स्थगित

एमसीसीलगायत विषयमा छलफल गर्न आज ४ बजेका लागि बैठक बोलाइएको थियो।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

काठमाडौं– एमसीसी सम्झाैता लगायत विभिन्न विषयमा छलफल गर्न डाकिएको सत्तारुढ नेकपा सचिवालय बैठक स्थगित भएको छ।

आज ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको खबर आएको नेता भीम रावलले नेपाल समयलाई जानकारी दिए। उनका अनुसार बैठक स्थगितको कारणबारे केही खुलाइएको छैन।

बैठकमा अर्थमन्त्री युवराज खतिवडा, भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो।

नेता रावल र परराष्ट्रमन्त्री ज्ञवाली पार्टीले एमसीसीबारे अध्ययन गर्न गठन गरेको कार्यदलका सदस्य हुन्। 

नेकपाभित्र विवाद हुँदा एमसीसी सम्झाैता संसदबाट अनुमाेदन हुन सकेकाे छैन।

 

प्रकाशित: Jun 14, 2020| 15:53 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।