सोमबार, भदौ ८, २०८३

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्। उनले महाराष्ट्रको बान्द्रास्थित आफ्नो घरमा आत्महत्या गरेका हुन्।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन्।

३४ वर्षीय सुशान्त आइतबार विहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन्। ‘काई पो चे’ फिल्मबाट बलिउडमा डेब्यू गरेका उनको अन्तिम फिल्म ‘छिछोरे’ हो।

प्रहरीको प्रारम्भिक प्रतिवेदन अनुसार पछिल्लो ६ महिनादेखि उनी अवसादग्रस्त थिए। घटनास्थलबाट प्रहरीले एउटा सुसाइड नोट पनि फेला पारेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।

सुशान्तकी पूर्व म्यानेजर दिशा सलियनले पनि केही दिनअघि मुम्बईमा घरको छतबाट हाम फालेर आत्महत्या गरेकी थिइन्।

बिहारको पटनामा जन्मिएका सुशान्तले दिल्ली कलेज अफ इन्जिनियरिंगबाट मेकानिकल इन्जिनियरिंग अध्ययन गरेका थिए।

उनले ‘किस देश मे है मेरा दिल’ टेलिभिजन सिरियलबाट आफ्नो करिअर सुरु गरेका थिए।

 

प्रकाशित: Jun 14, 2020| 15:19 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।