काठमाडौं– नेपाली सीमानाबारे संसदमा सर्वसम्मत भएको निर्णयको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्वागत गरेको छ।
उक्त निर्णयलाई राप्रपाले महत्वपूर्ण र ऐतिहासिक उपलब्धी भएको जनाएको छ।
आज बसेको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले अब भारतसँग वार्ता गरी अतिक्रमित भूमिमा बसेको भारतीय सेना हटाउन र भूमि फिर्ता ल्याउन सरकारलाई आग्रहसमेत गरेको छ।
पार्टी अध्यक्ष पशुपति शम्शेर जबराको अध्यक्षतामा बसेको बैठकले जिल्ला कार्य समितिको समायोजन र पार्टी दर्ता प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ।