सोमबार, भदौ ८, २०८३

कर्णालीमा ५२ जना कोरोना संक्रमित थपिए

कर्णाली प्रदेशमा आज आइतबार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

कर्णाली प्रदेशमा आज आइतबार ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार दैलेखमा ३७ जना र सुर्खेतमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये नौमुले गाउँपालिका वडा नं १ मा १३ जना, वडा नं २ मा ४ जना, वडा नं ३ मा ३ जना, वडा नं ५ र ६ मा २ जना वडा नं ७ मा ६ जना वडा नं ८ मा एकजना महिलासहित ५ जना र नारायण नगरपालिका वडा नं २ मा २ जना छन् ।

त्यस्तै सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं १ मा १ जना, गुर्भाकोट नगरपालिका वडा नं ५ मा २ जना, वडा नं ११ मा १ जना, वडा नं १२ मा ३ जना, वडा नं १४ मा २ जना छन् । त्यस्तै लेखबेशी नगरपालिका वडा नं २ मा १ जना, पञ्चपुरी नगरपालिका वडा नं १ मा २ जना, वडा नं २ मा २, ६ र ७ मा १,१ जना रहेका छन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ९ सय ६७ पुगेको छ । त्यस्तै आज नै जिल्ला अस्पताल दैलेखबाट २ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना गरी ३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Jun 14, 2020| 14:25 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।